तोलामा २०० ले बढ्यो सुनको मूल्य

Jul 20th, 2022

काठमाडौं, ४ साउन

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९३ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९३ हजार ३०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार १६० मा कारोवार भएको थियो ।