• गृहपृष्ठ
  • बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सिभिल बैंकका ग्राहकलाइ १० प्रतिशत छुट

बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सिभिल बैंकका ग्राहकलाइ १० प्रतिशत छुट

Jul 19th, 2022

काठमाडौं, ३ साउन

सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । सोमबार एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने ब्यबस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन् ।