• गृहपृष्ठ
  • सोमबार ४५७ जनामा कोरोना सङ्क्रमण,४८ जना डिस्चार्ज

सोमबार ४५७ जनामा कोरोना सङ्क्रमण,४८ जना डिस्चार्ज

Jul 18th, 2022

काठमाडौं, २ साउन

सोमबार थप ४५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा चार हजार ६५१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार ७९४ पुगेको छ ।

हालसम्म ५७ लाख ८७ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ रहेको छ ।

थप ४८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६८ हजार ६४ पुगेको छ ।