तोलामा ८०० ले घट्यो सुनको मूल्य

Jul 15th, 2022

काठमाडौ,३० असार

आज ​सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९४ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले घटेर ९३ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले घटेर ९३ हजार ३०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९४ हजार १०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले घटेर रु एक हजार १४५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार १८० मा कारोवार भएको थियो ।