• गृहपृष्ठ
  • नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द

Jul 14th, 2022

काठमाडौँ, ३० असार

नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने भएको छ ।

पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि भोलि देखि श्रावण ६ गते सम्म बन्द रहने छ ।

साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।