तोलामा ३०० ले बढ्यो सुनको मूल्य

Jul 14th, 2022

काठमाडौ, ३० असार

आज ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९४ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९४ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९४ हजार १०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९३ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार १७० मा कारोवार भएको थियो ।