एकै दिन थपिए २०६ कोरोना सङ्क्रमित

Jul 13th, 2022

काठमाडौँ, २९ असार

बुधबार थप २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार १७५
जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ८० हजार ७६७ पुगेको छ ।

हालसम्म ५७ लाख ७८ हजार ६७३ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १००५ रहेको छ ।

थप ४५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६७ हजार ८१० पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।