तोलामा २०० ले घट्यो सुनको मूल्य

Jul 13th, 2022

काठमाडौ,२९ असार

आज ​पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९४ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९४ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९३ हजार ८०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९४ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार १७५ मा कारोवार भएको थियो ।