तोलामा २०० ले घट्यो सुनको मूल्य

Jul 12th, 2022

काठमाडौ,२८ असार

आज ​पनि सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९४ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९४ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९४ हजारमा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९४ हजार २०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १७५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार १८५ मा कारोवार भएको थियो ।