• गृहपृष्ठ
  • ‘सेवाप्रवाहमा सुधार गरेमात्र सेवाग्राहीले सरकारी सेवाप्रति विश्वास गर्छ’- लक्ष्मीकुमारी बस्नेत, सहसचिव

‘सेवाप्रवाहमा सुधार गरेमात्र सेवाग्राहीले सरकारी सेवाप्रति विश्वास गर्छ’- लक्ष्मीकुमारी बस्नेत, सहसचिव

Jul 9th, 2022

तारा वाग्ले

काठमाडौ २५ असार

सुर्खेतको विरेन्द्रनगरबाट बैंकर बन्ने सपनामा काठमाडौ छिर्नुभएकी सहसचिव लक्ष्मी बस्नेतको यात्रा अन्ततः बैंकर तथा प्रध्यापक हुँदै वरिष्ठ सार्वाजानिक प्रशासक तर्फ मोडियो । विरेन्द्रनगर नगरपालिका वार्ड न ६ सुर्खेत जन्मीनुभएकी बस्नेत, बिरेन्द्र बहुमुखी क्याम्पस, सुर्खेतबाट बीबीएस र त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरबाट एमवीए गरी २०६३ सालमा शाखा अधिकृबाट सेवाप्रवेस गर्नुभएकी बस्नेतले भौतिक योजना तथा निर्माण मन्त्रालय,शहरी बिकास तथा भबन निर्माण बिभाग, तत्कालिन शान्ति मन्त्रालय, तत्कालिन जनसङ्ख्या बातावरण मन्त्रालय, कर्णाली प्रदेश,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुभब सहित, सयुक्त राज्य अमेरिका, जापान्, स्पेन, चीन्, लाओस, थाइल्यान्ड आदी देशहरुमा अबलोकन भ्रमण गरि सार्वाजानिक प्रशासनमा दक्षता हासिल गरी सक्नु भएको छ । यसक्रममा उहाँले बटुलेका अनुभवहरु हेरौं उहाँकै शव्दमा ।

बैकिङक्षेत्र तथा प्रध्यापनमा अनुभव बटुल्दै सार्वाजानिक प्रशासनमा


बिद्यालय, कलेज बिश्वबिद्यालयमा मेरो पढाई राम्रै थियो । आइ कममा कलेज प्रथम र एमबीए प्रथम श्रेनीमा पास गरेकी थिएँ । व्यवस्थापन विषय पढेको हुँदा मेरो रुची बैकिङ तथा सार्वाजानिक प्रसासनमा काम गर्ने थियो । एमबीए सकेपछी केहि समय बैकिङ तथा प्रध्यापन क्षेत्रमा केहि समय कार्य अनुभव बटुली रहेको थिए, लोकसेवा आयोगको विज्ञापन खुल्यो । घरपरिवारको सल्लाहमा परीक्षा दिने निर्णय गरें। त्यसबेला एकपटक प्रवेश परीक्षामा नाम निस्केपछि ३ पटकसम्म मूल परीक्षमा भाग लिन पाइन्थ्यो । दोस्रोपटक सम्म नाम ननिस्कीएपछि तेस्रोपटकमा बढिनै मेहनत गरेँ । फलस्वरुप २०६३ सालमा शाखा अधिकृत भएँ । पहिलो पोस्टिङ भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो र चार वर्ष सम्म साही मन्त्रालयमा काम गरेर निजामती सेवाका विभिन्न कार्यप्रकृया तथा कार्यशैलीको बारेमा बुझ्ने अवसर पाएँ ।

शाखा अधिकृत देखी सहसचिव

शाखा अधिकृत भैसकेपछि वृतिकासको लालसाले भन् घच्घच्याउन थाल्यो । लोकसेवाको पढाई जारी नै थियो । २०६७ सालमा उपसचिव र सहसचिव दुबै पदको जाँच दिएकी थिएँ । सहसचिचवमा भने लिखित र अन्तर्वाता दुवैमा नाम निस्कीयो । २०६७ साल सहसचिव भएर शहरी बिकास तथा भबन निर्माण बिभाग हुँदै तत्कालिन शान्ति मन्त्रालयमा खटिएँ । विभिन्न चुनौतिका माझ मैले सहसचिवको दायित्व पूरा गर्ने तथा नौ वर्षको एक छोराको हेरविचार शिक्षादिक्षा जस्ता कर्तव्यहरु पूरा गर्दै आएकी छु । बच्चा सानो छ भनेर कहिल्यै घर व्यवहारमा अल्झेर बसिन । मेरो बच्चा ७ महिनाको हुँदा एकपटक तालिमको लागि विदेश जाने अवसर आएको थियो । बच्चालाई परिवारको जिम्मामा छोडेर ७ दिनको लागि विदेश पनि गएकी थिएँ । मिल्ने ठाउँसम्म त आफू जाँदा बच्चालाइ पनि संगै लान्थेँ । परिवारमा पनि सहयोग गर्ने सासुससुरा तथा आफन्त हुनुहुन्छ । श्रीमानले पनि हरेक चरणमा साथ दिनुभएको छ । आफूभित्रका इच्छाशक्ति र परिवारको सहयोगको कारण मैले जुन क्षेत्रमा हात हालै प्राय सबै क्षेत्रमा सफलता पाउँदै पनि गएँ । महिलालाई सफल हुन परिवारको सहयोग हुनु पनि उत्तिनै आवस्यक छ जती एक महिलाभित्र क्षमता र इच्छाशक्ति हुन्छ । महिलालाई आफ्नो दायित्व पूरा गर्ने क्रममा अनेकौ संघर्ष र चुनौतिको सामना गर्नुपर्छ । आफूलाइ योग्य र अव्वल सावित गर्न पट्क पट्क परीक्षा दिइरहनुपर्छ । बच्चा छ, पारिवारिक जिम्मेवारीले जेलीएकी छु, बन्धनमा छु भन्ने हो भने कहिल्यै अघि बढ्न सकिंदैन । समस्याहरु त आउँछन् जान्छन् । आफैंले म्यानेज गर्दै जानुपर्छ ।

द्वन्दरत पक्षसंग सम्वाद र समन्वय

सहसचिव भएपछि तत्कालिन शान्ति मन्त्रालयको द्धन्द व्यवस्थापन माहाशाखामा कार्यरत थिएँ । त्यहाँ हुँदा दव्दरत पक्षसंग निरन्तर सम्वाद र समन्वय गर्ने, शान्ति सम्झौता कार्यान्वयन गराउने जस्ता प्रकृयामा सहभागी भएँ । देशभरका विभिन्न शान्ति समितिहरु मार्फत दातृ निकाय, नागरिका समाज, राजनीतिक तथा गैरसरकारी संस्थाको प्रतिनिधिसंग रहेर काम गर्ने अवसर मिल्यो । द्वन्दरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन वार्ता गर्ने तथा देशभर शान्ति स्थापना गर्ने काममा सहकार्य र समन्वय गर्ने क्रममा सँगालेका अनुभवहरु पनि निकै रमाइला छन् ।

कर्णाली प्रदेशमा वरिष्ठ सार्वाजानिक प्रशासक

सरकारले २०७६ मा सिनियर सहसचिवले अनिवार्य रुपमा प्रदेशामा गएर कम्तीमा एक वर्ष सेवा गर्नुपर्ने नीति ल्याएको थियो । सो अनुरुप मलाई कर्णाली प्रदेशमा खटाइयो । मेरो बच्चा सानो छ मलाई मिल्दैन भनेर सुगम ठाउँमै मिलाउन सक्ने अवसर पनि पाएकी थिएँ तर मैले म कुने पनि कोणबाट सो जिम्मेवारीको लागि असमर्थ छु भन्ने लागेन र म ६ वर्षको छोरालाई साथै लिएर कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा एक वर्ष सम्म सेवा गरेँ । छोरालाई अनलाइन माध्यामबाट पढाएँ । सरकारी सेवामा प्रवेश गरेपछि केही राम्रो गर्छु भन्ने सोचीरहेको बेला यस्तो अवसर आएपछि मैले कुनैपनि कुरासंग सम्झौता नगरी आफूलाइ कार्यक्षेत्रमा अब्वल बनाउँदै लगेँ । प्रदेशमा काम गर्दा निकै रमाइलो अनुभव भयो । आफू जन्मे हुर्के तिरकै ठाउँ भएपनि सबै जिल्लाहरु को अवस्थाबारे बुझने अवसर पाएकी थिइन् । त्यहाँ काम गर्दा धेरैजसो रहरहरु पनि पूरा भए । हामीले कर्णालीमा उमेर नमुग्दै छोरीको विहे गरिदिने प्रचलनमा सुधार ल्याउन विभिन्न कार्यक्रम गर्र्यौ । यस्ता कार्यक्रम मध्ये छोरी वचत खाता सुरक्षा जीवन भरीको भन्ने अभियान सञ्चालन गर्यौं । यो कार्यक्रम अहिलेपनि जारी छ । यसबाट कर्णालीका धेरै छोरीहरुको जीवन बदलिएको छ । यस्तो देख्दा निकै आनन्दको अनुभूति हुन्छ ।

सरकारी सेवामा सुधार जरुरी

निजामती सेवा सिस्टममाा चल्ने पेशा भएकोले केही प्रकृयागत भmन्जट हुनु त स्वभाविकै हो तर नेपालको निजामती सेवामा भने बढि नै ढिलासुस्ती हुने गरेको गुनासो सुनिन्छ । प्रकृया पूरा गर्ने नाममा भएका ढिलासुस्तकिो कारण सेवाग्राहीले सास्ती वेहोर्नुपरेको छ । कर तिर्नु सेवाग्राहीको कर्तव्य हो भने कर तिर्ने प्रकृया सहज र चुस्त बनाइदिनु सरकारको दायित्व हो । सरकारले सेवा प्रवाहमा सुधार गर्ने हो भने सेवाग्राहीले पनि सरकारी सेवाप्रति विश्वास र सम्मान गर्छ । सरकारले जेष्ठ नागरिकको सहजताको लागि वृद्धभत्ताको व्यवस्था गरेको छ तर त्यही भत्ता लिनको लागि दिनभरको सास्ती खेपेर सदरमुकाम जानुपर्ने अवस्था छ । सरकारले त नागरिकरको घरदैलोमै सेवा पुर्याउनुपर्ने हो तर यसो हुन सकेको छैन । सरकारी सेवा लिन जानु एक सजाय जस्तो भएको छ । यस्तो अवस्थामा जती नै राम्रो सेवा दिन्छु भनेपनि सेवाग्रहीलाई सन्तुष्ट पार्न सकिदैन । कर्मचारीको सेवामा गुणस्तरियता देखिन सेवा प्रवाहकका प्रकृया पनि चुस्त र सहज हुनुपर्छ ।

आरक्षण हैन क्षमता विकास

आरक्षणको व्यवस्था गरेपछि महिलाहरु विस्तारै यो क्षेत्रमा आउन थालेका छन् । महिलालाई राज्यको निकायमा पु्र्याउने माध्याम आरक्ष्ण त हो तर यसकै भरमा मात्र महिलाको प्रतिनिधित्व बढेको भने होइन । आरक्षणको व्यवस्था नआउँदै पनि कयौं महिलाहरुले यो क्षेत्रमा आफ्नो पकड बनाउन सफल भएका थिए । आरक्षणले सँख्यातमक रुपमा महिलाको उपस्थिति बढाएको त पक्कै छ तर निर्यायक तहमा र गहन जिम्मेवारीको ठाउँमा भने अझै पुग्न सकेका छैनन् । निर्णायक तहमा पुग्न जो कोहीको पनि क्षमता र कार्यकुशलता हुनैपर्छ । अझै महिलाले त आफ्नो क्षमता प्रमाणित गरेपछि मात्र त्यस्ता अवसर पाउन सक्छन् । महिलाले आफूलाई अब्बल सावित गर्न पुरुषले भन्दा बढि नै मेहनत गर्नुपर्छ । हरेक पाइलामा परीक्षा दिनुपर्छ । योग्यताको कसीमा जाँचिनुपर्छ । पितृसतात्मक सोच र प्रवृति भएको हाम्रो समाजमा आरक्षणले मात्र महिलाको सहभागिता बढ्न सक्दैन । साना तहबाट महिलालाई यस क्षेत्रमा प्रवेश गराउन केहि समयकोले लागि आरक्षणको व्यवस्था गरेपनि निर्णयक तहमा महिलाको उपस्थिति बढाउन क्षमता विकासका कार्यक्रम ल्याउनेर्फ ध्यान दिनुपर्छ ।- स्वतन्त्र समाचार