• गृहपृष्ठ
  • सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

Jul 7th, 2022

काठमाडौं, असार २३

सुनको मूल्य विहीबार स्वाट्टै घटेको छ । बुधबार पनि सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको थियो । बुधबार एकैपटक तोलामा एक हजार ६०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार पनि एक हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार पुनः घटेर ९४ हजार ६०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, प्रतितोला ९५ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनसमेत घटेर ९४ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँमा कारोबार हुँदै छ ।