• गृहपृष्ठ
  • प्राइमलाइफ इन्स्योरेन्सद्वारा विधार्थिहरुलाई व्याग वितरण तथा भवन निर्माणलाई आर्थिक सहयोग

प्राइमलाइफ इन्स्योरेन्सद्वारा विधार्थिहरुलाई व्याग वितरण तथा भवन निर्माणलाई आर्थिक सहयोग

Jul 7th, 2022

काठमाडौं, असार २२

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काज्युको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच स्कुलमा पुगि हस्तान्तरण गरिएको हो ।उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्नु भयो । उहाँले विध्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिज्युको पहलमा स्कुल तथा बिध्यार्थिलाई सहयोग गर्न पाएको खुसि व्यक्त गर्नु भयो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको वताउदै मन्त्रीज्यु तथा कम्पनीलाई धन्यबाद ज्ञापन गर्नु भयो ।कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा बिध्यालयका शिक्षक, अभिभावक बिध्यार्थि लगाएत बिभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।