तोलामा १०० ले बढ्यो सुनको मूल्य

Jul 5th, 2022

काठमाडौ, २१ असार

आज ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९७ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९७ हजार १०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९७ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार २०० मा कारोवार भएको थियो ।