तोलामा ३०० ले बढ्यो सुनको मूल्य

Jul 3rd, 2022

काठमाडौ, १९ असार

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९७ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९७ हजारमा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २१० मा कारोवार भएको थियो ।