• गृहपृष्ठ
  • गोदावरी खोला सरसफाइ अभियानको एक सय ७५ औं हप्ता पूरा

गोदावरी खोला सरसफाइ अभियानको एक सय ७५ औं हप्ता पूरा

Jul 2nd, 2022

ललितपुर १८ असार

ललितपुरको महलक्ष्मी नगरपालिका वडा नं ४ र ८ स्थित गोदावरी खोला सरसफाई गरिएको छ । विगतदेखिनै हरेक हप्ता सरसफाइ गरिदै आएको गोदावरी खोला सरसफाइ अभियानको आज एक सय ७५ औं हप्ता पुगेको जनाइएको छ ।

गोदावरी खोला सरसफाई अभियानकी संयोजक बेवी राजभण्डारी तथा आधारभूमि डट कम का अध्यक्ष वलराम वाग्लेको अगुवाइमा गरिएको सरसफाइ अन्तर्गत आज लुभु पुल वरपरको क्षेत्रमा सरसफाइ गरिएको हो ।

महिला तथा बालबालिकाको पहलमा”हाम्रो गोदावरी,स्वच्छ,सफा र सुन्दर गोदावरी”भन्ने मुल नाराकासाथ सञ्चालित सरसफाइ अभियानमा अभियन्ता चित्र सुनुवार,स्थानीय अभियन्ताहरु उमंग के.सी., निन्जु प्रधान,बबिता रनपैली,अञ्जली दुवडी , गोपि कार्की,सुरज श्रेष्ठ,प्रिया पुटुवार र स्थानीय वासिन्दाहरुको सहभागिता थियो ।