तोलामा ३०० ले घट्यो सुनको मूल्य

Jul 1st, 2022

काठमाडौ,१७ असार

आज ​पनि सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ९७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९७ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९६ हजार ७०० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ९७ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बिहीबार चाँदी रु एक हजार २३५ मा कारोवार भएको थियो ।