• गृहपृष्ठ
  • तीन दिनसम्मको मौसमः यी स्थानमा हुनेछ भारी वर्षा

तीन दिनसम्मको मौसमः यी स्थानमा हुनेछ भारी वर्षा

Jul 1st, 2022

काठमाडौं १७ असार

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
 हाल देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर सामान्य बदली रहनेछ । 

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 
 
असार १७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 असार १८ गते (शनिबार)

दिउँसो :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू(भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 असार १९ गते (आईतबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।