तोलामा ३०० ले घट्यो सुनको मूल्य

Jun 30th, 2022

काठमाडौ,१६ असार

आज ​सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९७ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९७ हजारमा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९७ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार २४० मा कारोवार भएको थियो ।