• गृहपृष्ठ
  • ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा

ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा

Jun 30th, 2022

काठमाडौँ, १६ असार
ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ।बैंकले बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाको सञ्चालनमा ल्याएको हो।

महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखाको समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर श्री हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। टिकाथली शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।