तोलामा १०० ले बढ्यो सुनको मूल्य

Jun 29th, 2022

काठमाडौ, १५ असार

आज ​सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९७ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९७ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि मंगलबार चाँदी रु एक हजार २५५ मा कारोवार भएको थियो ।