• गृहपृष्ठ
  • वामदेव गौतमले घोषणा गरे नेकपा राष्ट्रिय एकता पार्टी, उपाध्यक्ष ७ जना

वामदेव गौतमले घोषणा गरे नेकपा राष्ट्रिय एकता पार्टी, उपाध्यक्ष ७ जना

Jun 28th, 2022

काठमाडौँ १४ असार

वामदेव गौतमले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरी सो पार्टीको घोषणा गरिएको हो।

एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यस्तै पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताउँदै एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुने वताएका छन् ।