• गृहपृष्ठ
  • सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालन

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालन

Jun 27th, 2022

काठमाडौं, १३ असार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १,००,००० मा नै खोल्न सक्नेछन् । बैंकले यस खातामा ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ भने बैंकले यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।