तोलामा ४०० ले बढ्यो सुनको मूल्य

Jun 27th, 2022

काठमाडौ, १३ असार

आज ​सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९७ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ४०० ले बढेर ९७ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९७ हजार २०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९६ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु दश ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि आइतबार चाँदी रु एक हजार २४५ मा कारोवार भएको थियो ।