• गृहपृष्ठ
  • मन्त्रिपरिषद् पुर्नगठन, यी भए नयाँ मन्त्री

मन्त्रिपरिषद् पुर्नगठन, यी भए नयाँ मन्त्री

Jun 26th, 2022

काठमाडौं १२ असार

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतबार राजीनामा दिएपछि मन्त्रिपरिषद्मा हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका छन् । यसैगरी भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएको छ।