• गृहपृष्ठ
  • ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

Jun 26th, 2022

काठमाडौ, १२ असार

ज्योति विकास बैंकले आज बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ।बैंकले बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाको सञ्चालनमा ल्याएको हो।

बेसीशहर नगरपालिका वडा नं. ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर श्री गुमान सिंह अर्याल र बैंकका संचालक श्री नरेश राज आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो।

उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।