तोलामा १०० ले बढ्यो सुनको मूल्य

Jun 26th, 2022

काठमाडौ, ११ असार

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९७ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १०० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १०० ले बढेर ९६ हजार ८०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २४० मा कारोवार भएको थियो ।