• गृहपृष्ठ
  • नेपालकी क्लाइमेट चेन्ज नेगोसिएटर डा. राधा वाग्ले

नेपालकी क्लाइमेट चेन्ज नेगोसिएटर डा. राधा वाग्ले

Jun 25th, 2022

तारा वाग्ले

काठमाडौ ११ असार

डा. राधा वाग्ले, वन तथा वातावरण मन्त्रालयको  जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको प्रमुख, वन तथा वातावरण मन्त्रालयको सहसचिवको पदमा पुग्ने पहिलो महिला, वन सेवाकी पहिलो महिला सहसचिव, पहिलो महिला वार्डेन,  नेपालमा उहाँका अनेकन परिचय छन्। अन्तर्राष्ट्रिय रूपमा उहाँको परिचय अरू थप छ, नेपालकी क्लाइमेट चेन्ज नेगोसिएटर अनि जलवायु परिवर्तन तथा वनमा लैङ्गिक समानताका कुरामा बोल्न सक्ने थोरै विज्ञ मध्ये एक। वन मन्त्रालयको नीति निर्माण  तहमा भने महिलाको उपस्थिति साह्रै पातलो छ। धेरैजसो प्राविधिक तर्फका कर्मचारी रहने वन मन्त्रालयको नीति निर्माण तहमा ८ वर्षदेखि सहसचिवको रुपमा कार्यरत हुनुहुन्छ डा. राधा वाग्ले। उहाँको निजामती यात्रा २०५४ सालमा रेन्जर पदबाट शुरु भएको हो।

धनकुटामा जन्मिनुभएकी वाग्ले पोखरास्थित वनविज्ञान अध्ययन संस्थानबाट आइएससी उत्तीर्ण गर्ने बित्तिकै केही समय  नेपाल बेलायत सामुदायिक वन परियोजनामा काम गरे पछि लोकसेवाको प्रतिस्पर्धामा उत्रिनुभएको थियो।  ओखलढुङ्गा जिल्ला वन कार्यालयमा रेन्जरको रुपमा २०५४ सालमा स्थायी जागिरे जीवनको यात्रामा पाइला अघि बढाउनुभएको थियो।  दुई वर्ष पछि  असाधारण बिदा लिएर  पोखराबाटै वन विज्ञानमा  स्नातक गर्नुभयो उहाँले।  स्नातक तह सकेपछि पहिलो प्रयासमा लोक सेवा आयोगको परीक्षाबाट सहायक संरक्षण अधिकृत राजपत्राङ्कित तृतीय श्रेणी मा छनौट भइ पहिलो महिला वार्डेन हुने अवसर समेत प्राप्त गर्नुभएको छ उहाँले। दुई वर्ष बर्दियाको राष्ट्रिय निकुञ्जमा काम गर्नु भएकी वाग्लेले  सोही पदमा वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभिन्न महाशाखामा रहेर काम गर्दै अध्ययन र सरकारी नोकरी सँगसँगै लग्नुभयो। उहाँले स्विडेनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गर्नु भएको छ भने अष्ट्रेलियाबाट  ‘वन प्रशासनमा महिला सहभागिता’ विषयमा विद्यावारिधिको उपाधि  हासिल गर्नु भएको छ।
पितृसत्तात्मक सोच र पुरुषप्रधान चिन्तन हावी भएको समाजमा महिला रेन्जर तथा पहिलो महिला वार्डेन  बनेर सेवा गर्दा सजिलो भने पक्कै थिएन। तर पनि हार नमानी निर्भीकता साथ आफ्नो भूमिकामा खरो उत्रिनु भएकी वाग्लेले जागिरे जीवनमा समेटेका अनुभवहरू यसरी सुनाउनुहुन्छः

महिला रेन्जर बनेर वनको सेवामा

काम गर्ने क्रममा अनेकन समस्या झोलियो, जुन एउटा पुरुष कर्मचारीले कहिल्यै भोग्नु पर्दैन। कोही कोहीले बिहे भएको छैन? यिनलाई केटो खोजेर यतै राख्नु पर्यो, बुहारी बनाउन पर्‍यो भनेको समेत सुनियो, यस्तो सुन्दा हामीलाई चाहिँ यिनीहरूले बिहे गर्ने उम्मेद्वार मात्र किन ठान्ने होला? एउटा कर्मचारी भनेर हेर्दा के हुने? मेरो बिहे यिनीहरूको किन चासो हुनुपर्ने जस्तो लाग्थ्यो ।

धनकुटा जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिए, हजुरबुबाले नै गाउँमा स्कुल खोल्नुभएको थियो, त्यही स्कुलमा पढे। मेरो बुवा शिक्षक हुनुहुन्थ्यो, मेरी हजुरआमा, आमा दुवैजना राम्रो सँग लेखपढ गर्नुहुन्थ्यो र शास्त्र तथा साहित्यिक पुस्तक पढ्नुहुन्थ्यो । उहाँहरूबाट राम्रो पढेर केही गर्ने गर्नुपर्छ भन्ने प्रेरणा पाइरहेका हुन्थ्यौं  मेरो सानै देखिको रहर पनि समाजमा केही उदाहरणीय काम गर्ने थियो। महिलाले पनि सार्वाजनिक चासो र सरोकारका  हरेक काम गर्न सक्छन् भन्ने आँटले मलाई प्राविधिक तर्फको अरुले सोच्ने भन्दा फरक प्रकृतिको काम गर्न प्रेरित गर्यो। अनि एसएलसी पास हुने बित्तिकै वन प्राविधिक तर्फ छात्रवृतिमा पाएको अवसर उपयोग गर्दै आई. एस. सी. फरेस्ट्री उत्रिर्ण गरी केही समय प्रोजेक्ट रेन्जर त्यसपछि लोकसेवा मार्फत  रेन्जरको जागिरमा होमिएँ। त्यो वेला महिला रेन्जरको खासै उपस्थिति नै नहुने वन क्षेत्रमा म र अर्को एकजना साथी प्रोजेक्टमा  रेन्जर भएर पहिलो पटक  तेह्रथुम जिल्लामा काम गर्न गएका थियौं, हामीहरूलाई  देख्दा सबै छक्क परेका थिए। कतिले त रेन्जर भन्दा पत्याएका थिएनन् भने कतिले अनौठो मानेर  दृष्टिले हेर्ने र कतिले जिस्काउने पनि गर्थे। अझै कोही कोहीले त अविवाहित केटी भएर पनि यसरी वन क्षेत्रको काममा  केटाहरू सँग हिड्ने भनेर हाम्रो पछाडि आलोचना पनि गर्थे रे। तर यस्ता कुराबाट हतोत्साही नभैकन आफ्ना जिम्मेवारी पूरा गर्दै गएँ र अहिले यो स्थानमा पुग्न सफल भएँ।

फिल्डमा जाँदा सकस

ओखलढुङ्गाको जिल्ला वन कार्यालयमा रेन्जरको रुपमा स्थायी भएर काम गर्दा   निकै नै अप्ठ्यारो  परिस्थिति झेल्नुपरेको छ। मेरो कार्यक्षेत्र नै वन क्षेत्र रहेकोले फिल्डमै बसेर काम गर्नुपर्थ्यो। फिल्डमा जाँदा बास बस्ने ठाउँ पनि पाइदैनथ्यो, असुरक्षा जस्तो महसुस हुन्थ्यो।  जहाँ पायो त्यहीँ बास बस्नु पर्ने अवस्था थियो। काम गर्ने क्रममा अनेकन समस्या झोलियो, जुन एउटा पुरुष कर्मचारीले कहिल्यै भोग्नु पर्दैन। कोही कोहीले बिहे भएको छैन? यिनलाई केटो खोजेर यतै राख्नु पर्यो, बुहारी बनाउन पर्‍यो भनेको समेत सुनियो, यस्तो सुन्दा हामीलाई चाहिँ यिनीहरूले बिहे गर्ने उम्मेद्वार मात्र किन ठान्ने होला? एउटा कर्मचारी भनेर हेर्दा के हुने? मेरो बिहे यिनीहरूको किन चासो हुनुपर्ने जस्तो लाग्थ्यो । यस्ता कुराको प्रतिवाद पनि गरियो। कहिलेकाँही सेवाग्राही तथा सहकर्मीहरूले गरेका व्यवहारले चित्त दुखे पनि आफ्नो कर्तव्य नभुली निरन्तर सेवामा खटिएँ। पछि त पहिले आलोचना गर्नेले पनि राम्रो  गर्न थाले। महिला भएर पनि यस्तो चुनौतिपूर्ण काम गरेकी भनेर हौस्याए, कसै कसैले उहाँ ता केटी होइन केटा हो, केटाले गर्ने भन्दा घटी काम गर्नुहुन्न भन्थे तर मलाई यस्तो भन्दा रिस उठ्यो।  कत्ति न राम्रो काम केटाले मात्र गर्ने जस्तो भन्ने लाग्थ्यो। म भित्र  शैक्षिक तथा वृत्तिविकासमा  तीब्र इच्छा र काम प्रतिको लगाव भएको कारण लक्ष्य प्राप्तिको लागि निरन्तर प्रयास गरेँ।

विश्वास जित्न निकै कठिन 

अहिले त मन्त्रालयको नीति निर्माणको तहमा छु। यहाँसम्म आउँदा पनि महिला भएकै कारण कर्मचारीले भोग्नु परेका समस्या भने उस्तै छन्। कर्मचारीको संख्यामा कहि संख्यात्मक र गुणात्मक वृद्धि भएपनि महिलालाई जिम्मेवारी दिने सवालमा हतपत कोही पनि उदार हुन नसक्ने जुन पहिले देखिएको प्रवृति थियो अहिले पनि त्यही प्रवृति छ। महिलालाई अझै पनि पुरुष सरह काम गर्न सक्छन भनेर  सहजै विश्वास नगर्नु अहिलेको मुख्य चुनौति हो।  महिलालाई  गहन जिम्मेवारी भएका पदमा पुग्नै गाह्रो छ, पुगिहाले पनि काम देखाउन र अरूको विश्वास जित्न झनै कठिन हुन्छ। तर त्यही जिम्मेवारी  पुरुषले नगर्दा वा आलटाल गर्दा पनि केहि फरक पर्दैन।

म फिल्डमा गएर वन उपभोक्ता समूहहरूलाई तालिम दिने, समूह गठन गर्ने र  महिलालाई समूह समितिमा राख्नुपर्छ भनेर जोड गर्थे।  उपभोक्ता समुहका स्थानीय विवाद समाधानमा सहजीकरण गर्थे , सामुदायिक वनका कार्ययोजना बनाएर हस्तान्तरण गर्ने  र, सामुदायिक वनमा महिला सहभागिता बढाउने जस्ता काममा लागिरहें।  रेञ्जरदेखि सहसचिवसम्मलको यात्रा अरुले देखे जस्तो सहज र आकर्षक नभई कठिन र सङ्घर्षपूर्ण नै रह्यो । अहिले त मन्त्रालयको नीति निर्माणको तहमा छु। यहाँसम्म आउँदा पनि महिला भएकै कारण कर्मचारीले भोग्नु परेका समस्या भने उस्तै छन्। कर्मचारीको संख्यामा कहि संख्यात्मक र गुणात्मक वृद्धि भएपनि महिलालाई जिम्मेवारी दिने सवालमा हतपत कोही पनि उदार हुन नसक्ने जुन पहिले देखिएको प्रवृति थियो अहिले पनि त्यही प्रवृति छ। महिलालाई अझै पनि पुरुष सरह काम गर्न सक्छन भनेर  सहजै विश्वास नगर्नु अहिलेको मुख्य चुनौति हो।  महिलालाई  गहन जिम्मेवारी भएका पदमा पुग्नै गाह्रो छ, पुगिहाले पनि काम देखाउन र अरूको विश्वास जित्न झनै कठिन हुन्छ। तर त्यही जिम्मेवारी  पुरुषले नगर्दा वा आलटाल गर्दा पनि केहि फरक पर्दैन।

महिला सशक्तीकरणमा रुचि 

कार्यस्थल महिलाको लागि सुरक्षित भए मात्र महिलाले काम गर्न सक्छन् भनेर यस बारेमा महिला तथा पुरुष कर्मचारीलाई सुसूचित र सचेत  गराउने काम सुरु गरियो।  केही महिला तथा पुरुष कर्मचारी साथीहरू यस काममा डटेर लाग्नु भएको छ।  जो यस्ता घटनाबाट पीडित र अप्ठेरोमा हुनुहुन्थ्यो उहाँहरू खुशी हुनु भएको छ र जो त्यस्तो काममा संलग्न हुनुहुन्थ्यो उहाँहरू यो कुरा स्वीकार्न डराउनु हुन्छ । कसैकसैले त कतिपय अवस्थामा हाम्रो हुर्काइ र संस्कारको कारण अन्जानमा नै बिभेद र नजानिदो रुपमा हिंसा गरेका रहेछौ भनेर स्वीकार गर्ने गरेको पाइयो। उहाँहरूले  आफू अब आउने दिन त्यस्ता कुरामा सजग हुने प्रतिबद्धता समेत गर्नुहुन्छ। अहिले म वन र वातावरण नीति निर्माणको तहमा छु, जुन महिलाको निर्णायक भूमिका हुनुपर्ने क्षेत्र पनि हो। त्यसैले म यो  क्षेत्र महिलाको लागि सुरक्षित, हिंसा र  विभेदरहित तथा नेतृत्वमा पहुँच सहितको भनेर सोही अनुरोधको नीति कार्यक्रम बनाउन सहकर्मी तथा सरोकारवालासँग छलफल पनि गरेकी हुन्छु।

मेरो २४ वर्षदेखिको कार्यअनुभवमा  महिलालाई धेरै हिंसा र विभेद हुने क्षेत्र वनक्षेत्र हो जस्तो लाग्छ। यही बिभेद र हिंसाको चिरफार गर्दै वन क्षेत्रमा महिलाको उपस्थिति कम हुनुमा यसको असर हो कि होइन र अरु के कुराले महिलालाई प्रभावित गरेको छ भनेर अध्ययन गर्ने इच्छा भएर मैले सोही विषयमा विद्यावारिधि समेत गरेँ।  यो त वन क्षेत्रमा महिलालाई उपस्थिति बढ्न नदिने कारक मात्र होइन यस क्षेत्रमा प्रवेश गरेका महिलाको कार्यसम्पादनमा समेत प्रभाव  पर्ने तत्त्व पो रहेछ भन्ने भयो ।  त्यसपछि यस्तो हुनु हुँदैन कार्यस्थल महिलाको लागि सुरक्षित भए मात्र महिलाले काम गर्न सक्छन् भनेर यस बारेमा महिला तथा पुरुष कर्मचारीलाई सुसूचित र सचेत  गराउने काम सुरु गरियो।  केही महिला तथा पुरुष कर्मचारी साथीहरू यस काममा डटेर लाग्नु भएको छ।  जो यस्ता घटनाबाट पीडित र अप्ठेरोमा हुनुहुन्थ्यो उहाँहरू खुशी हुनु भएको छ र जो त्यस्तो काममा संलग्न हुनुहुन्थ्यो उहाँहरू यो कुरा स्वीकार्न डराउनु हुन्छ । कसैकसैले त कतिपय अवस्थामा हाम्रो हुर्काइ र संस्कारको कारण अन्जानमा नै बिभेद र नजानिदो रुपमा हिंसा गरेका रहेछौ भनेर स्वीकार गर्ने गरेको पाइयो। उहाँहरूले  आफू अब आउने दिन त्यस्ता कुरामा सजग हुने प्रतिबद्धता समेत गर्नुहुन्छ। अहिले म वन र वातावरण नीति निर्माणको तहमा छु, जुन महिलाको निर्णायक भूमिका हुनुपर्ने क्षेत्र पनि हो। त्यसैले म यो  क्षेत्र महिलाको लागि सुरक्षित, हिंसा र  विभेदरहित तथा नेतृत्वमा पहुँच सहितको भनेर सोही अनुरोधको नीति कार्यक्रम बनाउन सहकर्मी तथा सरोकारवालासँग छलफल पनि गरेकी हुन्छु। हरेक क्षेत्रका महिलाको उन्नति र समानता होस भन्नेमा फोकस गर्दै वन क्षेत्र बाहिर पनि सहकार्य गर्न अग्रसर रहन्छु । त्यसको लागि आफूले गर्न सक्ने सम्मका सबै काम गर्ने प्रण पनि गरेकी छु। नीति नियम ऐन कानुनमा महिला, आदिवासी जनजाति, यौनिक अल्पसंख्यक, जलवायु परिवर्तनको जोखिममा रहेका समुदाय, मधेसी, अपांगता भएका व्यक्ति र युवा वर्गका सवाललाई समेटेर संविधानको कार्यान्वयनमा समेत जोड दिने गरेको छु।

सहकर्मी तथा माथिल्लो तहसँग वादविवाद

काम गर्ने क्रममा मैले जब महिलाका मुद्दा अघि सार्छु  , त्यसवेला पुरुष सहकर्मी तथा सिनियरसँग वादप्रतिवाद भै नै हाल्छ। मैले उठाएका महिला हिंसा विरुद्धका विषय र समावेशिकरणका  मुद्दा सहजै नीति निर्माणमा पार्न र कार्यान्वयन गर्न कठिन हुन्छ। महिलाका विषयमा कुरा गर्न विज्ञता नचाहिने र विज्ञतालाई उडाउने प्रवृत्ति छ ।  मेरो मान्यता भनेको समान तहमा काम गर्ने कर्मचारीलाई गरिने व्यवहार र जिम्मेवारी समान हुनुपर्छ भन्ने नै हो तर सामान्यतया महिलालाई जिम्मेवारी दिन हिच्किचाउने र झन्झटिलो प्रकृतिको धेरै समय लाग्ने खालका काम दिइने प्रवृत्ति छ  । यो सबै तहका कर्मचारीमा देख्ने गरेको छु। जस्तै कार्यालय सहयोगी पुरुष भएका ठाउँमा उसले फाइल बोक्ने काम गर्छ भने सोही पदमा महिला छन् भने उनको काम चिया पकाउने हुन्छ।  पदीय दायित्वका हिसाबले दुवैले दुवै काम गर्नु पर्छ। यस्ता काममा लैंगिक भूमिका लगाउन मिल्दैन। सरकारी कार्यालयको काममा त एउटै पदका कर्मचारीमा महिला र पुरुषबीच विभेद छ भने अन्य ठाउँमा महिला कति विभेदमा परेका होलान् सहजै अनुमान गर्न सकिन्छ।  महिला कर्मचारीलाई उसको स्तर र क्षमता अनुसारको काम दिइँदैन भने दिएपनि अविश्वास गरेर वा पटकपटक परिक्षण गरेर मात्र दिइन्छ। यस्तै विभेदकारी व्यवहार देखेपछि नबोली सुखै छैन। म त आफूलाई चित्त नबुझ्ने कुरामा बोल्छु। प्रतिवाद गर्छु तर यसो गरेको धेरैलाई मन पर्दैन। जे गरे नी सहने वादप्रतिवाद नगर्ने लाएको अराएको खुरूखुरू गर्ने महिलाको गुण भन्ने सोचाइ धेरैमा देखिन्छ तर यो होइन।  यस क्षेत्रमा आउन चाहनेले पनि सोही हिम्मतका साथ आउनुपर्छ ।  महिला सहकर्मी बिच सहकार्य विश्वास र सहयोगको वातावरण हुनुपर्छ ।  पुरुष सहकर्मी र सिनियरले पनि कुनै महिलाले मलाई यस्तो कुराले समस्या भयो, मलाई यसो गरेको मन परेन भन्छन् भने त्यस्तो मन नपर्ने खालको व्यवहार प्रस्तुत गर्नु हुँदैन।

वन तथा वातावरण क्षेत्रमा महिलाको सञ्जाल  

केही महिला वन प्राविधिकहरू मिलेर वन क्षेत्र लाई हिंसा, विभेदरहित र सुरक्षित कार्यस्थलको रुपमा विकास गर्न सङ्गठित भएर काम गर्दैछौ। दुर्व्यवहार विरुद्धको अभियान गरी यस क्षेत्रमा कार्यरत र अध्ययनरत ४/ ५ सय महिला सङ्गठित भएर शैक्षिक संस्था र कार्यस्थलमा प्रशिक्षण दिने गरेका छौं।  दुर्व्यवहार  पीडितलाई आफुले जाने बुझे सम्मको मनोसामाजिक परामर्श दिने र उसलाई हामी साथमा छौ भनेर आस्वस्त गराउने जस्ता काम गरेका छौं।  वन क्षेत्रमा यस बिषयलाई सम्बोधन गर्न औपचारिक संयन्त्र सहितको व्यवस्थापन हुनुपर्छ भनेर प्रयासरत छौं।-आइएनएस स्वतन्त्र समाचार