उपराष्ट्रपति पुन नर्भिकमा हस्पिटलमा

Jun 24th, 2022

काठमाडौ ,१० असार

उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) दाहिने साइडको पाता दुख्ने समस्या भएपछि शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुग्नुभएको छ ।

उहाँले अस्पताल पुगेर नियमित स्वास्थ्य जाँच गर्नुभएको थियो । उहाँलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।