• गृहपृष्ठ
  • सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा

Jun 24th, 2022

काठमाडौ, १० असार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शुक्रबारबाट काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष श्री राजेश डंगोल असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको हो।। उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

नयाँ शाखा संचालनमा आए लगतै बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

बैंकले २०७८ चैत्र मसान्त सम्ममा रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।