• गृहपृष्ठ
  • तीन दिन सम्म देशभर भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

तीन दिन सम्म देशभर भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Jun 24th, 2022

काठमाडौ १० असार

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बांकी प्रदेशका एक/दुई स्थानहरूमा वर्षा भइरहेको छ।

देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।

देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  देखी पूर्ण बदली रही बाँकी भूभागमा आंशिक  देखी समानाय बदली रहेको छ।

असार १० गते (शुक्रबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश नं १ र बाग्मती प्रदेश का एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली  रही बाँकी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै  बांकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
असार ११ गते (शनिबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली  रहि बाँकी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको  एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली  तथा बाँकी भूभागहरूमा आंशिक बदली देखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

असार १२ गते (आईतबार)

दिउँसो :  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
 
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।