• गृहपृष्ठ
  • राष्ट्रपति रनिङ्ग शिल्ड भलिबलको जिल्ला छनौट खेलमा छात्रातर्फ नमूना मा.बि विजयी

राष्ट्रपति रनिङ्ग शिल्ड भलिबलको जिल्ला छनौट खेलमा छात्रातर्फ नमूना मा.बि विजयी

Jun 23rd, 2022

ललितपुर ९ असार

ललितपुरमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड भलिबलको जिल्ला छनौट खेलमा छात्रातर्फको उपाधि नमूना मा.बि लुभुले जितेको छ । त्यस्तै फाइनल खेलमा मदन स्मारक र माउण्ट ओलिभ विजयी भएका छन् ।

बुधबार भएकोे पहिलो फाईनलमा छात्रतर्फ भ्याली पब्लिक मा।बिले मदन स्मारक मा।बिलाई पराजित गर्दै २५–२१,२५–२० को जित निकाली उपाधि जितेको छ भने छात्रातर्फ नमुना मा.वि.ले माउण्ट ओलिभ मा.बि सिद्धिपुरलाइ हराउदै २५–१८,२५–१६ को जित निकालेका थिए ।

छात्र र छात्रातर्फ सिद्धिमंगल मा।बि तेस्रो भएका छ । छात्रतर्फ भ्याली पब्लिक मा।बिका आयुष खड्का र छात्रातर्फ नमूना मा.बिका अनुषा महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनोद महर्जनले पुरस्कार वितरण गरेका थिए । महर्जनले पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अब हुने प्रदेश छनौट गेमका लागि खेलाडीहरूलाई बिशेष प्रशिक्षण दिने घोषणा पनि गरे ।