तोलामा २०० ले बढ्यो सुनको मूल्य

Jun 23rd, 2022

काठमाडौ, ९ असार

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९७ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९७ हजारमा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार २५५ मा कारोवार भएको थियो ।