• गृहपृष्ठ
  • संवैधानिक निकायका ५२ जना पदाधिकारीको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

संवैधानिक निकायका ५२ जना पदाधिकारीको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

Jun 22nd, 2022

काठमाडौ ८ असार

सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा सहितको संवैधानिक इजलासले राष्ट्रपति कार्यालयबाट फाक्ष्ल झिकाउन आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति गरेका थिए । माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेको विरुद्धमा सर्वौच्च आदालतमा रिट परेको थियो ।