• गृहपृष्ठ
  • न्यायाधीश र वकिलबीच २ करोड घुस मागेको अडियो संवाद सार्वजानिक

न्यायाधीश र वकिलबीच २ करोड घुस मागेको अडियो संवाद सार्वजानिक

Jun 22nd, 2022

काठमाडौँ ८ असार

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायधिसले घुस लेनदेनको डिल गरेको बारे अडियो सार्वजनिक भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सो डिल भएको अडियो
न्युज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो ।

घुस लेनदेन बारे न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) दिउँसो १ बजे न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेको सुनिन्छ। त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौँ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा गरेका छन् ।ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई करोडको डिल भएको खुलासा भएको हो ।