• गृहपृष्ठ
  • ३३ वटा संघसंस्थाका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको सम्झौता

३३ वटा संघसंस्थाका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको सम्झौता

Jun 21st, 2022

काठमाडौँ, ७ असार

काठमाडौं महानगरपालिकाले ३३ वटा संघ संस्थासँग सार्वजानिक शौचालय निशुल्क प्रयोगमा ल्याउन सम्झौता गरेको छ । महानगरपालिकाले सोमबार बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सम्झौता गरेको हो ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् । यस्तै, दोस्रो पक्षका तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । नबिल बैंकसँग यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता आउँदो पाँच वर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।

शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट ११ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

सम्झौता गर्न स्वतस्फूर्त आएको र कसैलाई कर नगरिएको वताउँदै बालेन शाहले व्यापार गर्नेले सेवा पनि गर्छु भनेर ति संस्थाहरु आएको जानकारी दिए । प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको छ ।

यी संस्थासंग भयो सम्झौता

१)    टाइम्स स्क्वायर, लज एन्ड बार, बालुवाटार 
२)    पशुपति भ्यु होटल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु 
४)    देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.अन्तर्गत 
    क)    पिजा हट, वडा नं. १ दरबारमार्ग 
    ख)    केएफसी, वडा नं. १ दरबारमार्ग 
    ग)    केएफसी,  वडा नं. ६ बौद्ध
५)    डाक गल्बी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
६)    होटल रत्नज्योति, पेरिसडाँडा
७)    नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रा.लि., शंखमुल
८)    खानेकुरा प्रा.लि., गौशाला
९)    सांग्रिला डिभलपमेन्ट बैंक, बालुवाटार
१०)    बेबिलोन नेसनल स्कुल, शान्तिनगर
११)    ओटीसी किचेन रेस्टुरेन्ट, बालुवाटार
१२)    नेपालय पब्लिकेसन, डिल्लीबजार
१३)    वसुन्धरा एन्ड गोंगबु एरिया रेस्टुरेन्ट, वसुन्धरा
१४)    गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
१५)    घराना लन्च एन्ड बार, बानेश्वर
१६)    कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड, 
१७)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा.लि., पुतलीसडक 
१९)    आरडीएक्स बार प्रा.लि. ठमेल
२०)    नेपालगञ्ज बिरयानी, डिल्लीबजार पिपलबोट 
२१)    कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार 
२२)    बार्दली रेस्ट्रो एन्ड मिटिङ, शंखमूल
२२)    नेसनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२३)    सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
२४)    बिन्का लङ, छाउनी
२५)    प्रोग्रेसियो विस्ट्रो पिबिज रेस्टुरेन्ट, बौद्ध   
२६)    मिलाल्यान्ड डेभलपमेन्ट प्रा.लि., कलंकी 
२७)    क्रिम्पजी एडभान्चर हब, बौद्ध
२८)    बर्गर हब एन्ड केसीए चिकेन, बिजुलीबजार 
२९)    अनुपम फुडल्यान्ड, बत्तिसपुतली
३०)    रिट्रिप क्याफे, बौद्ध
३१)    चिकेन स्टेसन
३२)    स्तुपा हब, बौद्ध