• गृहपृष्ठ
  • रवि लामिछाने घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

रवि लामिछाने घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

Jun 21st, 2022

काठमाडौँ ७ असार

रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका लामिछानेले असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गरेका हुन् ।

लामिछानेले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन्। उनले आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको वताएका छन् ।

उनले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको बताए ।