• गृहपृष्ठ
  • मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

Jun 20th, 2022

काठमाडौ ६ असार

काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

अदालतले उनलाई सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाउन आदेश दिइएको हो।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

पाण्डेलाई प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला परिसर काठमाडौं बुझाएको थियो।