• गृहपृष्ठ
  • वाई सिरिजअन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो

वाई सिरिजअन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो

Jun 20th, 2022

काठमाडौ ,६ असार

भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ यहीँ जेठ ११ गते सार्वजनिक हुने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण रहेको ब्रान्डले जनाएको छ । वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्ने ब्रान्डले जनाएको छ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।

वाई५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन सक्ने ब्रान्डले जनाएको छ ।

यस फोनमा शक्तिशाली पर्फमेन्शका लागि वाई५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको र यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुने ब्रान्डले जनाएको छ ।

यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्ने ब्रान्डले जनाएको छ । यो फोनको मूल्य भने सार्वजनिक नभएको ब्रान्डले जानकारि दिएको छ । भिभो वाई५५ को बारेमा थप जानकारी र उपलब्धताका लागि भिभोको सामाजिक संजाल र वेवसाइट हेर्दै गर्न ब्रान्डले जनाएको छ ।