• गृहपृष्ठ
  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर बिच सेवामा छुट सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर बिच सेवामा छुट सम्बन्धि सम्झौता

Jun 20th, 2022

काठमाडौ ६ असार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर कम्पनी लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तै Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टर सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।