• गृहपृष्ठ
  • ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक

ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक

Jun 19th, 2022

काठमाडौं, ५ असार

ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्नेछन्।

बैंकले व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिने छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।