तोलामा ३०० ले घट्यो सुनको मूल्य

Jun 19th, 2022

काठमाडौ,५ असार

आज ​सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९७ हजार ८०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९७ हजारमा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९७ हजार ३०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २६५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि शुक्रबार चाँदी रु एक हजार २७५ मा कारोवार भएको थियो ।