• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौडा स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौडा स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट

Jun 17th, 2022

काठमाडौ ,३ असार

महालक्ष्मी विकास बैंकका ग्राहकल हेटौडाको कालिज गार्डेन इको रिसोटमा आकर्षक छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।