तोलामा ८०० ले बढ्यो सुनको मूल्य

Jun 16th, 2022

काठमाडौ २ असार

आज ​सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९६ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८०० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० ले बढेर ९६ हजार ८०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९६ हजारमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २६५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि बुधबार चाँदी रु एक हजार २४५ मा कारोवार भएको थियो ।