• गृहपृष्ठ
  • २५ जनामा कोरोना सङ्क्रमण,१५ जना डिस्चार्ज

२५ जनामा कोरोना सङ्क्रमण,१५ जना डिस्चार्ज

Jun 15th, 2022

काठमाडौं, १ असार

बुधबार थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार ९०५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार २९७ पुगेको छ ।

हालसम्म ५७ लाख ३४ हजार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ रहेको छ ।

थप १५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या नौ लाख ६७ हजार २४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।