तोलामा ६०० ले घट्यो सुनको मूल्य

Jun 15th, 2022

काठमाडौ,१ असार

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९७ हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले घटेर ९६ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले घटेर ९६ हजारमा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९६ हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार २४५ तोकेको छ ।