डिपेको गोलमा नेदरल्यान्ड्सको जित

Jun 15th, 2022

काठमाडौ,१ असार

यूईएफए नेसन्स लिग फुटबलमा वेल्स नेदरल्यान्ड्ससँग पराजित भएको छ ।मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३–२ गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन नोअ ल्यांग,कोडी गक्पो र मेम्फिस डिपेले एक-एक गोल गरे।वेल्सका ब्रेनन जॉनसन र ग्यारेथ बेलले एक-एक गोल गरे ।

खेलको १७ औं मिनेटमा नोअ ल्यांगले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा कोडी गक्पोले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

खेलको २६ औं मिनेटमा वेल्सका ब्रेनन जॉनसनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

इन्जुरी समयको दोस्रो मिनेटमा वेल्सका ग्यारेथ बेलले गोल गर्दै खेल २-२ को बराबरिमा फर्काए ।

तर, इन्जुरी समयको तेस्रो मिनेटमा नेदरल्यान्ड्सका मेम्फिस डिपेले गोल गर्दै टोलिलाइ ३-२ को जित दिलाए ।

जितसँगै लिग (ए) समूह ४ मा रहेको नेदरल्यान्ड्सले चार खेलबाट १० अंक जोडेको छ ।नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । पराजित वेल्सको चार खेलबाट एक अंक छ र पुछारमा छ ।