इटालीमाथि जर्मनीको जित

Jun 15th, 2022

काठमाडौ,१ असार

यूईएफए नेसन्स लिग फुटबलमा इटाली जर्मनीसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन टिमो वार्नरले दुई गोल गरे भने जोशुआ किमिच,इल्के गुन्डोगन र थोमस मुलरले एक गोल गरे । इटालीका विल्फ्रेड गोन्टो र अलेसेन्ड्रो बास्टोनीले एक एक गोल गरे।

खेलको १० औँ मिनेटमा जोशुआ किमिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा इल्के गुन्डोगनले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए।

खेलको ५१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ३-० ले अघि बढाए ।

खेलको ६८ औं मिनेटमा टिमो वार्नरले गोल गर्दै जर्मनीलाई ४–० ले अघि बढाए । लगत्तै,६९ औं मिनेटमा टिमो वार्नरले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ५–० ले अघि बढाए ।

खेलको ७८ औं मिनेटमा इटालीका विल्फ्रेड गोन्टोले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा इटालीका अलेसेन्ड्रो बास्टोनीले गोल गर्दै खेल ५-२ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र जर्मनीले जित निकालेको हो ।

जितसँगै लिग (ए) समूह ३ मा रहेको जर्मनीले चार खेलबाट छ अंक जोडेको छ। जर्मनी समूहको दोस्रो स्थानमा छ । पराजित इटालीको चार खेलबाट पाँच अंक छ र तेस्रो स्थानमा छ ।