• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट काठमाडौँ ठमेलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट काठमाडौँ ठमेलबीच सम्झौता

Jun 15th, 2022

काठमाडौ,१ असार


सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौँ, ठमेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंक र अलफ्टबीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरू, ग्राहकहरू तथा बैंकका कर्मचारीहरूले अलफ्ट काठमाडौँ, ठमेलको Nook, WXYZ र Re:Fuel रेष्टुरेन्टमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ र अलफ्टकाठमाडौँका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरे । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।