तोलामा १८०० ले घट्यो सुनको मूल्य

Jun 14th, 2022

काठमाडौं ,३१ जेठ

आज ​सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९८ हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १८०० ले घटेर ९७ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १८०० ले घटेर ९६ हजार ६०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९८ हजार ४०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।यस अघि सोमबार चाँदी रु एक हजार २६५ मा कारोवार भएको थियो ।