फ्रान्स क्रोएसियासँग पराजित

Jun 14th, 2022

काठमाडौं ,३१ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स क्रोएसियासँग पराजित भएको छ ।सोमबार राति भएको खेलमा क्रोएसियाले फ्रान्सलाई १–० गोलले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन लुका मोड्रिचले निर्णायक गोल गरे।लुका मोड्रिच खेलको पाँचौं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्।

जितसँगै लिग (ए) समूह १ मा रहेको क्रोएसियाले चार खेलबाट सात अंक जोडेको छ। क्रोएसिया दोस्रो स्थानमा छ । पराजित फ्रान्सको चार खेलबाट दुई अंक छ र पुछारमा छ ।